बुधबार गण्डकीमा ४९६ सङ्क्रमित थपिए


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३८० जना सङ्क्रमणमुक्त भएका छन् ।

यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका सात, स्याङ्जाका दुई तथा पर्वत, तनहुँ र बागलुङका एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २५९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३९८ जना रहेको छ भने होमआइसोलेसनमा चार हजार आठ जना छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।