फाइल तस्बीर
गण्डकी प्रदेशको केही एक/दुई स्थानमा आज (बिहीबार) दिउँसो भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, २, र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश लगायत प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा आज राति मेघगर्जन र चट्याङसहित भारी वर्षाको संभावना रहेको छ।
महाशाखाले आज मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश लगायत प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरू र अन्य प्रदेशहरूका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।
विभागले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभागको नजिक रहेको जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






