स्मृतिमा पुष्पकमल सुबेदी : कास्केली कम्युनिष्टका गौरव गर्न लायक श्रद्दाका प्रतीक


     झपट रानाभाट    
     भाद्र १० गते २०७८ मा प्रकाशित




पुष्पकमल सुवेदी कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनमा पहिलो पुस्ताको बीचतिरका गौरव गर्न लायक श्रद्दाका प्रतीक हुनुहुन्छ । वहाँमा भएको कम्युनिस्ट क्रान्तिकारी बिचार,सिद्धान्त र ब्यवहारको तालमेल जो कोही कम्युनिस्ट पार्टीका सदस्य ,नेता र कार्यकर्ताले देखासिकी गर्नुपर्दछ र कम्युनिस्ट पार्टीमा सङ्गीन परिस्थितिमा लागेकै कारण ,नेतृत्व गरेकै कारण प्रताडित र बिक्षिप्त वहाँको परिवार,वहाँकी सहधर्मिनी र परिवारको सम्मान र अभिनन्दन गर्नु अपरिहार्य छ। पृथ्वीनारायण बहुमुखी क्याम्पसका पहिलो स्वबियु सभापति ,तत्कालीन बेलामा गण्डकी -धौलागिरी क्रान्तिकारी माले कोअर्डिनेशन कमिटीका एक संस्थापक(संयोजक जयप्रकाश बास्तोला,हेम्जा, आरसी अधिकारी ,गोपालनन्दन गिरी,सोमनाथ प्यासी ) कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनका अगुवा नेता कमरेड पुष्पकमल सुबेदी नेपाली कम्युनिस्ट आन्दोलन र नेपालको गण्डकी र धौलागिरी क्षेत्रमा त्याग,बलिदान ,ईमान्दारिता र समर्पणको उच्च नमूना हुनुहुन्थ्यो । 

क.पुष्पकमल सुवेदी आफू र पारिवारिक स्वार्थबाट पृथक हुनुहुन्थ्यो । कम्युनिस्ट पार्टीको फैलावटका लागि सारा जीवन -जवानी कुर्वानी गर्नुभयो वहाँले। वहाँ कास्कीको मादी क्षेत्रमा अध्यापनरत हुँदा धेरै दीन-दु:खीको सेवा गर्नुभयो। वर्गबिहीन र समानतामूलक समाज निर्माणमा ठूलो योगदान गर्नुभयो। त्यस क्षेत्रमा बेमेल परिवार र एक-अर्कालाई मिलाउने,शिक्षा दिने काम गर्नुहुन्थ्यो वहाँले। त्यहाँ कापी-कलम,किताबको  किन्न नसक्ने बिद्यार्थीहरुका लागि आफ्नो तलबबाट  आवश्यक शैक्षिक सामग्रीको जोहो गरिदिने,लगाउने लुगाफाटोको ब्यवस्था गरिदिने,बिमारी हुँदा औषधिमूलो र चाडपर्व मनाइदिने गर्नुहुन्थ्यो क . पुष्पकमलले।   वहाँ आफ्नो घर हङ्शपुर फर्कदा त घरपरिवारका लागि सूको हुदैनथ्यो वहाँसित,सबै बाडेरै सक्नुहुन्थ्यो वहाँले।

यतिमात्र हैन,क.पुष्पकमल सुबेदीको कुशल नेतृत्वमा बनारसको छात्र सङ्घको चुनावमा समेत बामपंथीहरुले जितेको पाइन्छ र कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनको बिकास र सङ्गठन निर्माणमा अतुलनीय र बिशिस्ट  योगदान हुनुभएका वहाँप्रति वहाँको ३८ औं स्मृति दिवसका सन्दर्भमा हार्दिक सम्मान र रातो सलाम व्यक्त गर्दै जीवन पर्यन्त सामाजिक परिवर्तन र जनताको मुक्तिकामी आन्दोलनमा निरन्तर लाग्ने प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।