गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा कोरोना सँक्रमण मुक्त हुनुभएको छ । विगत १५ दिनदेखि होम आईसोलेसनमा रहनुभएका मन्त्रीद्वयको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
सामान्य रुघाखोकी र ज्वरो देखिएपछि उपचार गर्न जाँदा दुई हप्ताअघि उहाँहरुको स्वाव संकलन गरिएको थियो । स्वाब परीक्षण गर्दा उहाँहरुमा कोरोना सँक्रमण पुष्टि भएको थियो ।
बुधवार गरिएको परीक्षणमा उहाँमा नेगेटिभ आएसँगै नियमित मन्त्रालयको काम शुरु गर्नुभएको थापाका प्रमुख स्वकीय सचिव लोकेन्द्र थापाले बताउनुभयो । चन्द्रबहादुर बुढामगरका प्रमुख स्वकीय सचिव प्रेम रोकामगरले पनि कोरोना मुक्त भए लगत्तै उहाँ मन्त्रालयमा नियमित काम गरिरहेको जानकारी दिनुभयो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







