आज पोखराका विभिन्न ८ स्थानमा भेरोसेल दोस्रो मात्राको खोप लगाइँदै

- साउन २२ गते अघि भेरोसेलको पहिलो मात्राको खोप लगाएका यातायात कम्पनीका चालक, सहचालक, पर्यटन वाहन, ग्याँस, पानी, डेरी र पेट्रोलियममा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सरकारी कर्मचारी, पत्रकार संचारकर्मी र सुरक्षाकर्मीहरुलाई खोप लगाइनेछ


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०७८ मा प्रकाशित




तस्बीरः युनिसेफ नेपालको फेसबुक वालबाट

पोखराका विभिन्न स्थानमा शुक्रबार भेरोसेल दोस्रो मात्राको खोप लगाइने भएको छ।

साउन २२ गते भन्दा अगाडि भेरोसेलको पहिलो मात्राको खोप लगाएकाहरुलाई विभिन्न ८ स्थानमा दोस्रो मात्राको भेरोसेल खोप लगाइने भएको पोखरा महानगरपालिका स्वास्थ्य माहाशाखाले जनाएको छ।

खोप लगाइने केन्द्रहरुमा शहरी स्वास्थ्य केन्द्र –१ बगर, अमरसिंह मावि, जनप्रकाश मावि भण्डारढिक, वाराही मावि मालेपाटन, जनप्रिय मावि सिमलचौर, नवप्रभात मावि नयाँबजार, कन्या मावि नदीपुर र श्रीराम मावि सिमलचौर छन्।

महाशाखाले उल्लेख गरेको उक्त केन्द्रहरुमा यातायात कम्पनीका चालक, सहचालक, पर्यटन वाहन, ग्याँस, पानी, डेरी र पेट्रोलियममा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सरकारी कर्मचारी, पत्रकार संचारकर्मी र सुरक्षाकर्मीहरुलाई खोप दिइने छ। खोप लगाउन जाने सबैले अनिवार्य खोप कार्ड लिएर जानुपर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।