तस्बीरः एजेन्सी
युइएफए वर्ष खेलाडीको अवार्ड पूरुषतर्फ चेल्सीका जर्जिन्हो र महिलातर्फ बार्सिलोनाकी एलेक्सिया पुतेयासले जितेका छिन्।
जर्जिन्होले यस सिजन चेल्सीलाई च्याम्पियन्स लिग र इटलीलाई युरोकप फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए।
त्यसैगरी, स्पेनकी एलेक्सियाले क्लब तथा अन्तर्राष्ट्रिय फुटबल दुबैमा निकै उत्कृष्ट खेलेकी थिइन्।
चेल्सीलाई च्याम्पियन्स लिग जिताउने थोमस टुचेलले उत्कृष्ट पुरुषतर्फको प्रशिक्षक र महिलातर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड लुइस कोर्टेले जितेका छन्।
चेल्सीका इडुआर्ड मेन्डीले पुरुषतर्फको उत्कृष्ट गोलकिपर र सान्ड्रो पानोसले महिलातर्फको उत्कृष्ट गोलकीपरको अवार्ड जिते। म्यानचेस्टर सिटीका रुबेन डियासले उत्कृष्ट डिफेन्ड र एरेना परेडेसले उत्कृष्ट महिलातर्फको च्याम्पियन लिग डिफेन्डर अफ दि सिजको अवार्ड जिते।
त्यस्तै, चेल्सीका एनजोलो कान्टेले पुरुषतर्फको उत्कृष्ट मिडफिल्डर र बार्सिलोनाकी एलेक्सिया पुतेयासले च्याम्पियन लिग मिडफिल्डर अफ दि सिजनको अवार्ड जितेका छन्। पुरुषतर्फको उत्कृष्ट फरवार्डको अवार्ड बोरुसिया डर्टमुन्डका इर्लिङ हाल्यान्डले र महिलातर्फ जेनिफर हेर्मोसोले उत्कृष्ट फरवार्डको अवार्ड जितेकी छन्।
युइएफए प्रेसिडेन्टल अवार्ड डेनिस मेडिकल टिम र डेनमार्कका कप्तान सिमोन केयरले प्राप्त गरेका छन्।
युरोकप २०२० अन्तर्गत फिनल्याण्डविरुद्ध पहिलो खेलमा मिडफिल्डर क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमै ढल्दा डेनिस मेडिकल टिम र केयरले गरेको कार्यलाई सम्मान गर्दै युइएफएको उक्त अवार्ड प्रदान गरिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







