पोखरामा आयोजना भएको जेसिज सप्ताह सम्पन्न भएको छ । पोखरा लेडी जेसिजको आयोजनामा पोखरामा गत भदौ ४ गतेदेखि शुरु भएको जेसिज सप्ताह भदौ १० गते विहीबार एक औपचारिक कार्यक्रम गरेर सम्पन्न गरिएको हो ।
जेसीज सप्ताह अन्तर्गत पहिलो दिन भदौ ४ गते “प्रभावकारी भाषण कला तालिम”, दोस्रो दिन भदौ ५ गते “विद्यालय स्तरीय वतृत्वकला कार्यक्रम”, तेस्रो दिन भदौ ६ गते “विरामी कुरुवालाई कुर्सी तथा अन्य सामाग्री वितरण कार्यक्रम”, चौथो दिन भदौ ७ गते “सकारात्मक सोंच एवम् जीवन परिवर्तन तालिम”, पाँचौ दिन भदौ ८ गते “खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण कार्यक्रम”, छैठौं दिन भदौ ९ गते “मन्टेश्वरी स्तरीय चित्रकला कार्यक्रम” र सातौं दिन भदौ १० गते “मठ मन्दिरमा आवश्यक सामाग्री वितरण तथा समापन कार्यक्रम” गरिएको पोखरा लेडी जेसिजका अध्यक्ष विनिता सापकोटाले जानकारी दिईन् । कार्यक्रमको अन्तिम दिन विहीबार मादी गाउँपालिका वडा नम्बर ५ को मादीवेसीमा रहेको भद्रकाली मन्दिरमा धार्मिक तथा आवश्यक सामग्री वितरण गरिएको “जेसीज सप्ताह —२०२१” की मूल संयोजक जेसी लक्ष्मी कुँवर ९लता० ले बताईन् ।
जेसिज सप्ताहको समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजसेवामा पोखरा लेडी जेसीजको सक्रियता उदाहरणीय रहेको बताए । उनले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाहरु अग्रसर भएर खेलेका भूमिकाहरु सफल रहेको समेत उल्लेख बताए ।
नेतृत्व विकासमा लेडिज जेसिजले उदाहरणीय काम गरेको मन्त्री थापाको भनाई रहेको छ । उनले सामाजिक सेवा र विकास निर्माणका कार्यमा लेडीज जेसीज लगायतका सामाजिक संस्थासँग साथमा रहेर आफु काम गर्न प्रतिबद्ध रहेको बताए । सरकारले गर्नुपर्ने सामाजिक सेवाका कार्य संघसंस्थाबाट हुनु सह्रानिय भएको भन्दै मन्त्री थापाले समाजमा भएका विसंगतीहरुका विरुद्ध आवाज उठाउन र महिला सशक्तिकरणका लागि लक्षित हुन आग्रह गरे ।
वि।स २०४६ साल असार ५ गते महिलाहरुलाई व्यत्तित्व र नेतृत्व विकासमा अग्रसर बनाउने उद्धे्रश्य लिएर जेसीआई पोखरा लेडीको स्थापना गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







