फाइल तस्बीर
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देखि मौसममा केही सुधार हुनेछ।
पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुनेछ। यसअघिको तुलनामा मौसममा केही सुधार हुने भएपनि आज गण्डकी लगायत वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षा हुने संभावना पनि छ।
बाँकी प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति देशभरको मौसम पूर्णदेखि सामान्य बद्ली रही गण्डकी प्रदेश लगायत प्रदेश–१, वाग्मती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको संभावना छ।
लगातार लामो समय जमिन भिजेको हुनाले भिरालो ठाउँमा बाढी पहिरो र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







