पोखरा । हाम्रो घरको आयोजनामा हुन लागेको राष्ट्रिय तीज गित प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजकले जानकारी दिएको छ ।
पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्लव हाउस प्रयोगकर्ताहरुको समूह ‘हाम्रो घर’ले नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर आयोजना गर्न लागेको प्रतियोगिताको तयारी तिव्र पारेको कार्यक्रम संयोजक रमेश अधिकारीले जानकारी दिए ।
यही भदौ १८ र १९ गते ग्लोबल कन्सल्ट सिड्नी अष्ट्रेलियाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा रहेको र नामदर्ताको क्रम जारी रहेको कार्यक्रम संयोजक अधिकारीले बताए । उनले भने, ‘विशुद्ध नेपाली गित संगितको प्रर्वद्धनमा दिन रात लागि रहेका छौं । क्लव हाउसमा नै पहिलो पटक सम्भवतः सर्वाधिक राशीको पुरस्कार राखेर हामीले यो प्रतियोगिता सञ्चालन गर्न लागेका छौं । सबै जनालाई सहभागि भइदिन अनुरोध छ ।’
आगामी शुक्रबार र शनिबार हुने प्रतियोगितामा हालसम्म झण्डै ४५ जनाले नाम दर्ता गराइसकेको आयोजक संस्थाकै राम कंडेलले जानकारी दिए । यही भदौ १५ गते मंगलबार साँझसम्म अझै समय बाँकी रहेकाले पनि झण्डै एक सय जनाको सहभागिता हुन सक्ने उनले बताए । उनले भने, ‘लोकसंगितप्रति चासो राख्नेको संख्या धेरै छ, भर्चुअलरुपमा प्रतियोगिता आयोजना हुने हुँदा संख्या अझै बढ्ने अनुमान छ ।’ ‘अझैपनि यसको बारेमा जिज्ञासा राख्नेको संख्या बढेको हुँदा प्रतियोगितामा प्रतिस्पर्धीको संख्या बढ्ने अनुमान छ । ’ उनले भने ।
छनोट चरण हुँदै पाँचौं चरणसंग हुने प्रतियोगिताबाट प्रथम द्वितिय, तृतिय, सान्त्वना घोषणा गरिने आयोजक संस्थाका सदस्य सुरेश क्षेत्री बताए । सहभागीले प्रतियोगितामा जोडीगत रुपमा गरेको प्रतिस्पर्धाका आधारमा अर्को चरणमा सहभागिता जनाउन पाउने छन् ।
क्लव हाउस मार्फत भर्चुल रुपमा हुने प्रतियोगितालाई सफल बनाउ ग्लोवल कन्सल्ट सिड्नी अस्ट्रेलिया मुख्य प्रायोजकमा जोडिएको छ । यस्तै डी क्याफे सिड्नी (अष्ट्रेलिया), एनआरएनए यूवा उप–संयोजक राजेश टण्डन (अष्ट्रेलिया), सोखिन न्यौपाने (अष्ट्रेलिया), पशुपति ढकाल (न्यूजिल्याण्ड), लाली गुराँस रेमिटेन्स अष्ट्रेलियका गोकुल भण्डारी, अस्मिता अर्याल (अष्ट्रेलिया) बाट सह–प्रायोजनको सम्झौता भइसकेको आयोजकले जनाएको छ ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाणपत्र, द्वितिय हुनेले १५ हजार, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा तृतिय र सान्त्वना हुनेलाई नगद पुरस्कार क्रमश १० हजार र ५ हजार, प्रमाणपत्रद्वारा पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न झण्डै १ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







