गण्डकी प्रदेश लोकसेवा आयोगले तयार पारेको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई हस्तान्तरण गरिएको छ । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यकक्षमा आइतबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष विष्णु नेपालले आयोगले तयार पारेको बार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् । आर्थिक बर्ष समाप्त भएको ४५ दिन भित्रमा आयोगको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नु पर्ने प्रावधान बमोजीम आयोगले आफनो प्रतिवेदन बुझाएको हो ।आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष्य जनशक्ति व्यवस्थापन गर्ने दायित्व लोकसेवा आयोगमा रहने बताए । उनले लोकसेवा आयोग प्रति जनताको ठुलो बिश्वास र भरोसा रहेकोले यसलाई निरन्तरता दिँदै आयोगलाइ अझै निष्पक्ष र पारदर्शी ढंगबाट अघि बढाउन आग्रह गरे ।
प्रदेश प्रमुख गुरुङले कर्मचारी प्रशासन स्थायी सरकार भएको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा कर्मचारी प्रशासनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्दै सेवाग्राही जनतालाई छिटोछरितो सेवा दिनुपर्नेमा जोड दिंदै दक्ष जनशक्ति छनोट गर्ने जिम्मेवारीसमेत लोकसेवा आयोगमा रहेको बताए ।
आयोगले तयार पारेको प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका अध्यक्ष विष्णु नेपालले संवैधानिक व्यवस्था अनुसार आयोगद्धारा बार्षिक प्रतिवेदन तयार पारी प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको जानकारी दिए । कोरोना महामारीका बीच पनि प्रदेशका सम्पूर्ण जिल्लाबाट लिइएको सुझावका आधारमा प्रतिवेदन तयार पारिएको उनले बताए ।
प्रदेश लोकसेवा आयोगको आफ्नै भवन नरहेकाले भाडाको भवनमार्पmत कार्य सञ्चालन भएको बताउँदै अध्यक्ष नेपालले दुवै आयोगको कार्य सञ्चालन सरकारी कार्यालय भित्रबाट नै हुन सके आर्थिक व्ययभार कम हुनुको साथै काममा समेत थप सहज हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा बोल्दै प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलाले प्रदेश लोक सेवा आयोगको बार्षिक प्रतिवेदन कार्यान्वयनमा आफुहरुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले…







