तस्बीरः एजेन्सी
यमनमा हुथी विद्रोहीको आक्रमणमा कम्तिमा ३० जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
आक्रमणमा कम्तिमा ६० जना घाइते भएका छन्। साउदी अरब गठबन्धन नेतृत्वको सुरक्षाकर्मी बस्ने शिविरमा हुथी विद्रोहीले आक्रमण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
यमनको दक्षिण सुरक्षाबलका एक जना प्रवक्ताले दक्षिणी यमनको लाहिज प्रान्तस्थित अल–अनद सैन्य शिविरमाथि हुथी विद्रोहीले आक्रमण गरेको बताएका छन्। प्रवक्ता मोहम्मद अल–नकीबले हुथी विद्रोहीले ब्यालेष्टिक क्षेप्यास्त्रले आक्रमण गरेको बताएका हुन्। प्रशिक्षणस्थलमा बिहानको अभ्यास गरिरहेका सुरक्षाकर्मीमाथि एउटा क्षेप्यास्त्र प्रहार गरिएको हो। प्रवक्ता अल नकीबले मृतकको संख्या बढ्न सक्ने बताएका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







