तस्बीरः एजेन्सी
अमेरिकाको लुइजियाना राज्यमा विनाशकारी आँधी आएको छ।
१५० माइल प्रतिघण्टा (२४० किमी प्रतिघण्टा) दरले आएको क्याटगरी फोेरको ‘आइडा’ नामक समुद्री आँधीले लुइजियानाको तटीय क्षेत्र डुबाएको छ।
५ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट बञ्चित भएका छन्। हजारौँ मानिस पलायन भएका छन्। मानिसलाई आँधी जादाँसम्मको अवस्थामा घरभित्रै बस्न सुझाव दिइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले ‘आइडा’ ‘जीवनका लागि खतरनाक’ हुनसक्ने भन्दै तटीय क्षेत्रभन्दा परपर पनि ठूलो क्षति हुनसक्ने बताएका छन्। उनले विद्युतको अभावमा हजारौँ घरमा आपूर्तिलाई पहिलेकै अवस्थामा ल्याउन केही हप्ता लाग्न सक्ने बताएका छन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







