प्रतिकात्मक तस्बीर/एजेन्सी
नेपालमा ६८ प्रतिशतभन्दा धेरै मानिसमा कोभिड १९ (कोरोना भाइरस) को एन्टिबडी तयार भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार १ सय ६१ जनामा गरेको परीक्षणमा ६८ दशमलव ६ प्रतिशतमा कोरोना भाइरसको एन्टिबडी बनेको पाइएको हो।
कोरोना संक्रमण भएर तथा कारोनाविरुद्धको खोप लगाएर उनीहरूमा एन्टिबडी तयार भएको हो। सबै प्रदेश, भौगोलिक क्षेत्र, सहर तथा गाउँ, लिङ्ग, पेसा वा उमेरका मानिसमा एन्टिबडीको उस्तै अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, नेपालमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएकामा ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी पाइएको छ। यसबाट नेपालमा खोपको प्रभावकारिता पनि राम्रो रहेको पाइएको मन्त्रालयले जनाएको छ।
यस्तै, जति धेरै मानिसमा एन्टिबडी तयार हुन्छ महामारी नियन्त्रणमा उत्तिकै सहज हुने भएकाले बढी व्यक्तिमा एन्टिबडी तयार हुनु राम्रो हो। धेरै मानिसमा एन्टिबडी देखिए पनि भाइरसले रूप बदलिरहने डर भएकाले मास्क लगाउने, दुरी कायम गर्ने, हात धुने लगायतका स्वास्थ्यका मापदण्ड पालना गरिरहनु कोरोना महामारी नियन्त्रणको प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







