कोरोना रोग उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण


     एभरेस्ट आवाज    
     भाद्र १५ गते २०७८ मा प्रकाशित




पोखरा । लायन्स क्लब अफ पोखरा सेती गण्डकीको आयोजना तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ ।

मंगलबार सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक ६ लाख  बराबरको मेसिन तथा सामग्रीहरु हस्तान्तरण गरिएको हो । 

जसमा स्वास प्रस्वासमा समस्या भएका गम्भीर विरामीको लागि जीवनदान दिने ल्यल– Non-invasive Ventilation BIPAP मेसिन– ३ थान, बेन्स सर्किट– ५० थान, बेन्स सर्किट मास्क– ५० थान, अक्सिजन मास्क (बच्चाको लागि समेत) १५० थान, नासल प्रोन्ज ५० थान रहेका छन् । स्मरण रहोस् सो अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने गरेको छ ।

सो कार्यक्रमको लागि पोर्टल्याण्ड, अमेरिका निवासी डा. सरोज श्रेष्ठ, डा. रमेश मरहठ्ठा, दिपेश वैद्य, ध्रुवराज श्रेष्ठबाट १ थान द्यक्ष्एब्ए मेसिन र ३० थान बेन्स सर्किट सहयोग प्राप्त भएको थियो ।

जर्मनवासी नेपालीहरुको तर्फबाट सर्मिला राजभण्डारी (अर्याल) र सीता गुरुङको संयोजकत्वमा १ थान BIPAP मेसिन प्राप्त भएको थियो ।

यसै गरी बेल्जियम निवासी हरिकृष्ण कार्की, मोहन के.सी., अमृत के.सी., सी.पी. भट्ट, बेनि ढुङ्गाना, तेजेन्द्र कँडेल, केदार थापा, सुन्दर पौडेल, सूर्य शर्मा, मुना ज्वारचन, अस्मिता घलेको तर्फबाट १ थान BIPAP मेसिन प्राप्त भएको हो ।

अस्ट्रेलिया निवासी विनयकुमार श्रेष्ठको संयोजकत्वमा त्यहाँका नेपालीहरुबाट अक्सिजन मास्क १५० थान, न्यासल प्रोन्ज ५० थान, बेन्स सर्किट २० थान प्राप्त भएको थियो ।

क्लबका अध्यक्ष लायन कल्पना थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व डिस्ट्रिक गभर्नर लायन ध्रुव थापाज्यू प्रमुख अतिथि थिए ।

सङ्क्रामक तथा सरुवारोग अस्पतालका व्यवस्थापन समिति सदस्य प्रा.डा. ध्रुवबहादुर अधिकारी तथा सो अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले सो सहयोग सामग्रीहरु ग्रहण गरेका थिए । ती उपकरणहरुले सो अस्पतालमा निःशुल्क सेवा लिइराख्नु भएका बिरामीहरुलाई अझ उच्चतम सुविधा दिन सकिने कुरा कार्यकारी निर्देशक डा. विकास गौचनले बताउनुभयो र सहयोगदाता सबैलाई धन्यवाद ज्ञापन गरे ।

सो कार्यक्रममा सल्लाहकारद्वय लायन सुनयना पालिखे, लायन सुशीला के.सी. अधिकारी, जोन चेयरपर्सन लायन अरूणा शेरचन र क्लबका अरू साथीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव तथा कार्यक्रम संयोजक लायन शान्ति श्रेष्ठ उदासले गरेका थिए  ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।