नेपाली साहित्य, संस्कृति तथा चलचित्रकर्ममा जीवनपर्यन्त क्रियाशील स्रष्टा चेतन कार्कीको स्मृतिमा प्रतिष्ठानको स्थापना गरिएको छ।
चेतन कार्की प्रतिष्ठानको प्रमुख संरक्षकमा स्व. कार्कीकी पत्नी गंगा कार्की रहने गरी अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो।
साहित्यकार एवम् चलचित्रकर्मीहरूको सोमबार बसेको एक भेलाले प्रतिष्ठानको उपाध्यक्षमा चलचित्रकर्मी मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा चेतन कार्कीका सुपुत्रद्वय पारस कार्की र पंकज कार्कीलाई छन्। समितिका सदस्यहरूमा राधेश्याम लेकाली, रवीन्द्र खड्का र दिव्य गिरीलाई छन्।
वि.सं.१९९५ मा बहाँटारी, थुम, स्याङ्जामा जन्मिएका चेतन कार्कीको नेपाली साहित्य तथा चलचित्रका क्षेत्रमा विशिष्ठ योगदान छ। साहित्य, कला, संस्कृति र चलचित्रको क्षेत्रमा योगदान रहेको कार्कीको केही महिनाअघि निधन भएको थियो।
चेतन कार्कीको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो। कार्कीले निर्देशन गरेको पहिलो चलचित्र ‘विश्वास’ हो। कार्कीको निर्देशनमा ‘मनका आँखा’, ‘भुमरी’, ‘पहिलो प्रेम’को निर्माण भएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् । झण्डै…





