कास्की र पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीको कमिटी गठन


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०७८ मा प्रकाशित




नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ।

दुवै कमिटीको संयुक्त बैठक बसेर एकीकृत समाजवादी पार्टीमा रूपान्तरण भएको हो।

जिल्ला कमिटीमा धनराज आचार्यको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी र मुक्तिनाथ पौडेल अध्यक्ष रहेको १५१ सदस्यीय महानगर कमिटी गठन गरिएको छ।

त्यस्तै, बैठकले १७ विभागहरु र २२ जनवर्गिय संगठन गठन तथा विभागको प्रमुख र जनवर्गिय संगठनहरुको ईञ्चार्ज तथा सह–इञ्चार्ज तोक्ने निर्णय गरेको अध्यक्ष धनराज आचार्यले बताएका छन्। आचार्यका अनुसार पार्टीको ६९ सदस्यीय जिल्ला कमिटिको सचिवालय समिति बनाउने निर्णय समेत गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।