पोखरा-४ नं. वडा कार्यालयलाई नेलम्बो नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०७८ मा प्रकाशित




पोखरा । नेलम्बो नेपालले कोभिड १९ विरुद्धका स्वास्थ्य सामग्री हस्तान्तरणका कार्यक्रमहरु दिनहुँजसो गरीरहेको छ । यसै शिलशिलामा आज एक कार्यक्रमका बीच पोखरा महानगरपालिका वडा नं. ४ लाई नेलम्बो नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेलम्बो नेपालका जन सम्पर्क अधिकृत भीम प्रसाद भण्डारीले वडा नं. ४ का अध्यक्ष शंकर प्रसाद वास्तोलालाई हस्तान्तरण गरेका हुन् ।

डिस्पोजेबल मास्क एक हजार पिस, सेनिटाइजर २० लिटर, डिस्पोजेबल ग्लोब्स २० प्याकेट, विपी ३ सेट, पल्स अक्सिमिटर १० पिस, थर्मोमिटर ५ पिस, गरी जम्मा ४९,२५०।– रुपैँया बराबरको स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको नेलम्बो नेपालले जनाएको छ ।

यस भन्दा अगाडी पनि सोही वडा कार्यालयमा नेलम्बो नेपालले कोभिड १९ को कारण भएको बन्दाबन्दीमा दैनिक ज्याला मजदुरी गर्ने ५० घर परिवारलाई खाद्य सामग्रीहरु, शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्रीहरु र भोलेन्टीयर ज्याकेट गरी १ लाख २० हजार ३४ रुपैँया बराबरको सामग्रीहरु हस्तान्तरण गरि सकेको छ ।

पोखरा महानगर पालिका वडा नं. ४ मा कोभिड १९ को विषम परिस्थितिमा त्यहाँ कार्यरत कर्मचारी तथा वडामा सेवा लिन आउने सेवाग्राहीहरुलाई सुरक्षित तवरवाट सेवा दिन र लिन सहज होस् भन्ने हेतुले स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपालले जनाएको छ ।

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपाल स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आईरहेको गैरसरकारी संस्था हो । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको नियन्त्रण व्यवस्थापन र न्यूनिकरणका लागि सो सम्बन्धी सचेतना, स्वास्थ्य सामग्रीहरु हस्तान्तरण, खाद्य राहत सामग्रीहरु वितरण जस्ता कार्यहरुमा यो संस्था सक्रिय रुपमा लागिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।