कास्की जिल्ला हक्की संघमा नया नेतृत्व, अध्यक्षमा मीलन केसी


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०७८ मा प्रकाशित




कास्की जिल्ला हक्की संघको अध्यक्षमा मीलन केसी चुनिएका छन् । संघको बुधबार पोखरामा सम्पन्न चौथो अधिवेशनले केसीलाई अध्यक्षमा चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा सनमल श्रिमल, द्वितीय उपाध्यक्षमा भरत बराल, सचिवमा बुद्धी खत्री र कोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मनोज शिल्पकार, शान्ती गुरुङ, बुद्ध गुरुङ, सोमबहादुर थापा (सुजन) र नवीन गुरुङ (डिवी) चयन भएको नवनिर्वाचित सचिव राजन श्रेष्ठले एभरेस्ट आवाजलाई जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।