नुहाउन गएका देवीरामलाई खोलाले बगायो


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०७८ मा प्रकाशित




प्रतीकात्मक तस्बिर ।

नुहाउन गएका भरतपुरका देबीराम आचार्यलाई खोलाले बगाउँदा मृत्यू भएको छ । नवलपरासी पूर्व (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर स्थित नारायणी नदीमा नुहाउन गएका भरतपुर नगरपालिका वडा नम्बर ११ का आचार्यको नदीले बगाएर मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गर्मी छल्न भनेर खोलामा नुहाउन गएका बेला भेलले बगाएर उनको मृत्यू भएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भईरहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।