भदौ ३० बाट ‘होम सेन्टर’मै कक्षा १२ को परीक्षा

- यसअघि, कक्षा १२ को परीक्षा २ पटक स्थगित भएको थियो। कक्षा १२ मा ३ लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले ४ हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

कक्षा १२ को स्थगित परीक्षा यही ३० भदौबाट हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही ३० भदौबाट संचालन गर्ने निर्णय गर्नुको साथै परीक्षाको तालिका समेत प्रकाशित गरेको छ।

बोर्डको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा संचालन गर्ने निर्णय गरेको हो। यस वर्षको परीक्षा होम सेन्टरबाटै संचालन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा संचालन गर्ने निर्णय गरेको जनाइएको छ। यसका लागि बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ।

कोभिड–१९ को संक्रमणका कारण यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो। कक्षा १२ मा ३ लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले ४ हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ। होम सेन्टरमै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा संचालन गरिने शर्माले बताए। यस वर्ष १०० अंककै परीक्षा हुने भएको छ।

गत वर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो। बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो। बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा परीक्षा भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।