पार्टी फुटले गण्डकी प्रदेशमा असर गर्दैनः पूर्व स्वास्थ्यमन्त्री अधिकारी


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित





पोखरा । पूर्व स्वास्थ्यमन्त्री तथा निवर्तमान गृहमन्त्री खगराज अधिकारीले पार्टी फुटले पोखरा महानगरलगायत् गण्डकी प्रदेशमा कुनै असर नगर्ने बताएका छन् ।

पोखरा महानगर वडा नम्बर १० को वडा कमिटीको विस्तारित बैठक एवम् प्रशिक्षणात्मक कार्यक्रममा बुधबार प्रमुख अतिथि अधिकारीले समाजवादी मुकुन्डो लगाएर माधवकुमार नेपालले मदन भन्डारीको पुन ः हत्या गरेका बताउँदै पार्टी विभाजनले गण्डकी प्रदेशमा कुनै असर नपर्ने बताए ।

पोखरा महानगर वडा नम्बर १० नेकपा एमालेका पार्टी अध्यक्ष सूर्य बानियाँले अब पार्टी संगठित, अझ सशक्त बनाएर लैजाने र नयाँ कार्यढाँचा ल्याउने बताए । प्रशिक्षण कार्यक्र्रममा नेकपा एमाले जिल्ला सचिव दामोदर वैरागी, पोखरा महानगर संयोजक दिपक पौडेललगायतले प्रशिक्षण दिएका थिए ।

अध्यक्ष सूर्य बानियाँको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यालय सदस्य राजु श्रेष्ठले स्वागत मन्तव्य र सचिव सीता तिमिल्सिनाले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।