गण्डकी प्रदेश सरकारले जनयुद्धका घाईते, अपाङ्ग तथा शहिद परिबारलाई स्वास्थ्य उपचार निःशुल्क गर्ने र्निणय गरेको छ । गण्डकी प्रदेशको मन्त्रीपरिषदको बैठकले उक्त र्निणय गरेको हो । प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले पदभार ग्रहण गर्ने बेला पहिलो र्निणय गरेकी थिईन् ।
सरकारले यसअघि निति तथा कार्यक्रममा समावेश गरी आवस्यक कार्यविधि बनाएर उक्त र्निणय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले जानकारी दिईन् । उनका अनुसार अब गण्डकी प्रदेश भित्र रहको जनयुद्धका घाईते,अपाङ्ग तथा शहिद परिवारले निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन । माओवादी सरकारमा पुगेपनि शहिद बेपत्ता तथा घाइतेलाई बेवास्था गरेको आरोप लाग्ने गरको थियो । राजनितीक परिबर्तनमा ज्यानको आहुती दिने महान शहिद, बेपत्ता तथा आन्दोलनका क्रममा घाईते हुनु भएकाहरुमा थोरै भएपनि यो र्निणयले मलम लगाउने काम गरेको मन्त्री अधिकारीले बताईन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्निमाण गर्दै गरेका स्वास्थ्य नितिमा पनि आधारभुत वर्गलाई स्वास्थ्यको पहँुचमा पुर्याउने गरी विषय समेटिने हदैसम्मको प्रयास गरिएको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







