प्रतिकात्मक तस्बीर
४० बढी जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ५६ जिल्लामध्ये ४० बढी जिल्लाका वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको हो।
मुलुकमा संघीयता आएपछि प्रादेशिक संरचनाको अभ्यास गर्दै नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत क्रियाशिल सदस्यताको विवाद नभएका ४० जिल्लाका वडाहरुमा वडा अधिवेशन गरेको हो।
क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका ५६ जिल्ला मध्ये करीब ४० जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको र केही वडामा भने १/२ दिनभित्र अधिवेशन हुने निर्वाचन कमिटिले बताएको छ।
वडा अधिवेशन नेपाली काँग्रेसको सबै भन्दा तल्लो तहको अधिवेशन हो। यस अधिवेशनबाट देशभरीका वडाबाट करीव ४ लाख वडा प्रतिनिधि चयन हुनेछन्।
वडाबाट अधिवेशनबाट चुनिएर आएका प्रतिनिधिले आफ्नो जिल्लामा केन्द्रका लागि महाअधिवेशन प्रतिनिधि र प्रदेशका लागि प्रदेश महाअधिवेशन प्रतिनिधि चयन गर्ने काँग्रेसको विधानमा उल्लेख छ।
कोभिडका कारण वडामा चयन हुने प्रतिनिधिबाटै नगर कमिटि प्रतिनिधि चयन गर्ने ब्यवस्था गरिएको छ। वडाबाट चयन भएका प्रतिनिधिबाट प्रत्येक प्रतिनिधिसभा क्षेत्र बराबर केन्द्रीय महाधिवेशनमा २५ जना प्रतिनिधि छानिनेछन्। त्यसैगरी, भातृ तथा शुभेच्छुक संस्थाले आफ्नो संगठनबाट पनि केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि लागि चयन गर्ने उल्लेख छ।
करीव ४ हजार ५ सय बढी केन्द्रीय महाअधिवेशन प्रतिनिधिबाट काँग्रेसले नयाँ कार्यसमिति चयन गर्ने ब्यवस्था छ।
क्रियाशील सदस्यता विवाद भएका काठमाडौं लगायत २१ जिल्लाको वडा अधिवेशन हुन् सकेको छैन। १४ औँ महाधिवेशन अन्तर्गत काँग्रेसले बुधबार वडा अधिवेशन गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ।
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसीर ९ देखि १३ गतेसम्म तय गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परि एक किशोरको मृत्यु भएको छ…





