तस्बिर : रमेश बास्तोलाको फेसवुकबाट
विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी )कास्कीले आज पोखरामा विरोध प्रदर्शन गरेको छ । नेपाली सीमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय बिदेश मन्त्रालयका प्रवक्ताको नेपाल प्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरोधमा उनीहरुले संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।
पोखराको पृथ्वीनारायण क्याम्पस गेट अगाडि गरिएको विरोध प्रदर्शनमा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य अटल, अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष पुरन पुन लगायतले जयसिंह धामीको हत्यारालाई कारवाही गर्न माग गरे । उनीहरुले भारतीय विदेश मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति हेपाहा प्रवृत्ति भएको र नेपाली भूमिमा भारतीय हेलिकोप्टर निर्वाध रुपमा उडिरहेको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाए । साथै उनीहरुले त्यस्ता कार्य तत्काल बन्द गर्न आग्रह गर्दै सो कार्यको नियन्त्रण गर्न नेपाल सरकारलाई आग्रह गरे ।
कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) पिएन क्याम्पस समितिका अध्यक्ष उपेन्द्रले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







