पोखरेली युवा व्यवसायी अशोक खड्काको नेतृत्वमा पोखराका ५८ युवा व्यवसायी नेकपा एमाले निकट राष्ट्रिय युवा संघमा प्रवेश गरेका छन् । युवा संघको आज आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै युवा संघमा प्रवेश गरेका हुन् ।
युवा संघमा प्रवेश गरेका युवा व्यवसायी अशोक खड्कासहितलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङ, युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजिव पहारी, युवा संघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङलगायतले अवीर, खादा लगाउँदै सदस्यता पत्र वितरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






