दम रोगबाट पीडित हाइमायालाई नेलम्बो नेपालले दियो अक्सिजन कन्सन्ट्रेटर


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०७८ मा प्रकाशित




पोखरा । नेलम्बो नेपालले दम रोगबाट पीडित कास्कीको रुपा गाउँपालिका वडा नं. ७ की हाइमाया परियारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । वडा अध्यक्ष दया सागर सुवेदीको रोहवरमा नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीप्रसाद भण्डारीले आइतबार परियारलाई कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

परियार विगत लामो समय देखि दम रोगबाट पीडीत भएको र आर्थिक अवस्था समेत कमजोर भई औषधी उपचार गर्न कठिन भएकाले नेलम्बो नेपालले निजको स्वास्थ्यमा सुधार होस् र दैनिक अक्सिजन ओसार पसार गर्न नपरोस् भन्ने हेतुले ६५ हजार बराबरको १ थान अक्सिजन कन्सेन्टे«टर प्रदान गरेको जनाएको छ ।

साथै, आगामी दिनमा हाइमाया परियारलाई अक्सिजनको सहायता आवश्यक नपरेको खण्डमा अक्सिजन कन्सेन्टे«टर नेलम्बो नेपाललाई यथाशिघ्र जानकारी गराई फिर्ता गर्न सकिने गरी सम्झौता गरिएको नेलम्बो नेपालले जनाएको छ । दम रोगले पीडित परियार हाल पोखरा महानगरपालिका वडा नं. ३०, खुदीमा अस्थायी रुपमा बस्दै आएकी छिन् ।

स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशिल गैरसकारी संस्था नेलम्बो नेपाल पोखरा ४ गैरापाटनमा रहेको छ । यसले आर्थिक अवस्था कम्जोर भई उपचार गर्न असमर्थता भएका विरामीहरुलाई उपचार सहायता कोष मार्फत सहयोग गर्दै आईरहेको छ । सोही कार्यक्रम अन्र्तगत हाइमायालाई अक्सिजन कन्सेन्टे«टर प्रदान गरेको नेलम्बो नेपालले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।