नेपाली कांग्रेस पोखरा–६ को सभापतिमा सन्तोष पौडेल निर्वाचित


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०७८ मा प्रकाशित




नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नं. ६ बैदाम को सभापतिमा सन्तोष पौडेल विजयी भएका छन् । नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न मतदानमा १४८ मतका साथ पौडेल विजयी भएका हुन् ।
मतदानका कूल ४०५ मत खसेको थियो, जसमध्य १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रत्यासी उम्मेदबारहरु खबराज पहारीले १२७ र शिसिर पहारीले १२० मत प्राप्त गरेका थिए । सभापतिमा निर्वाचित पौडेल २०५७ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका, उनले विभिन्न सामजिक संघसंस्थामा सेवा गरेका थिए । बैदाम ६ इकाईको दुई कार्यकाल चुुनाब प्रचार प्रसार को ससंयोजक भएर काम गरिसकेका छन् ।
सभापतिका लागि पाँच जनाको उम्मेदवारी आंकाक्षि भएता पनि अन्तिममा सन्तोष पौडेल, शिसिर पहारी र खबराज पहारीहरुका बीच मतदान प्रतिस्पर्धा भएको थियो ।
सभापतिमा निर्वाचित भएपछि उनले पार्टीलाई सशक्त ढंगले अघि बढाउने प्रतिवद्धता जनाए । उनले अग्रजहरुको सल्लाह र सुझावलाई मनन गर्दै सबैलाई एकढिक्का बनाउँदै बलियो पार्टी बनाउने र आउँदो स्थानिय चुनाबमा पाटिको सम्पूर्ण टिमलाई जिताउने आफ्नो सपना रहेको स्पष्ट पारे ।
पार्टीको वडा कार्यसमिति उपसभापतिमा भएको निर्वाचनमा अनिल पहारी २५० र शिबजि कुवँरले १७८ र टोप बहादुर अधिकारीले १५२ मत प्राप्त गरेका थिए । अनिल पहारी र शिवजि कुवँर निर्वाचित भए ।
वडा कार्यसमितिको सचिव पदमा प्रकाश न्यौपाने र रुद्र बहादुर लामिछाने (शिव), सहसचिवमा सिता पौडेल र शकर पहारी निर्विरोध निर्वाचित भए । यसैगरी कार्यसमिति पदमा कविता त्रिपाठी धिकारी, बुद्धि सागर देवकोटा, गणेश बहादुर थापा, विबेक बराल, नारायण पोखरेल, रामकलम ठाकुर, शारदा लम्साल, मालति अधिकारी बास्तोला, अभिनास नेपाली, बुद्धिनाथ पाण्डे, ज्ञानबहादुर कार्की, इन्द्र बराल, ललिता ढुगाना, गोविन्द शर्मा र इन्द्रमणी पहारी निर्वाचित भएका छन ।
क्षेत्रीय प्रतिनिधिमा दिपकविर कुवँर, जगतबहादुर पहारी,धरम बहादुर लामिछाने,बलराम गिरी,गोविन्द बहादुर पहारी, लोकराज पहरी, लक्षण पहारी, खिमलाल पहारी, विकास लामिछाने, लक्ष्मी बहादुर भट्टराई, गुरुदत्त पहरी, दिपक भट्टराई, जिवन रेग्मी, कृष्ण बहादुर कुवँर, विष्णु पहारी, बुद्धिनाथ अधिकारी, तारानाथ पहारी र हरिचन्द्र पहरी निर्वाचित भएका थिए । यसैगरी पवित्रा थापा, सविना तिमिल्सीना, प्रभा सुवेदी, उमा लामिछाने, मन्धरा ढकाल,हिरा भट्टराई, गिता देवी पहारी, सत्यदेवी आर्चाय र सावित्रा तिमिल्सीना क्षेत्रिय महिला प्रतिनिधिमा निर्वाचित भएका छन ।
खसआर्य महिला पुरुषमा गणेश पहारी, गणेश बहादुर भट्टराई, माधब बहादुर पौडेल, विपिन पौडेल, पुनम भट्ट भट्टराई, पार्वति बोगटी र लक्ष्मी थापा निर्विरोध निर्वाचित भएका थिए । तसैगरी आदीबासी जनजातिमा महिला पुरषमा सुक बहादुर गुरुङ, डिफान भुजेल, सोमबहादुर थापा मगर, कृष्ण कुमार श्रेष्ट, सन्तु श्रेष्ट र गौमति थापा मगर निर्विरोध निर्वाचित भएका छन । मधेशिमा बलिराम ठाकुर दलितमा श्यामु परियार, सज्जिब विक र अल्पसख्यमा शोभा जलारी निर्वाचित भएको निर्वाचन आयृुक्त भानु कडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।