महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले भर्चुअल माध्यमबाट तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीको समयमा भिडभाड नगरी प्रविधिको प्रयोगबाट “तीज र महिला सशक्तिकरण विषयक” अन्तरक्रिया र सदस्यहरुको प्रतिभा प्रष्फुटन कार्यक्रम गरेर तीज पर्व मनाएको हो ।
कार्यक्रका प्रमुख वक्ता नेपाल टेलिभिजनका संचालक समिति सदस्य नायव महाप्रबन्धक एवम् लैङ्गिक विश्लेषक आरती चटौटले ‘तीज र महिला सशक्तिकरण’ विषयमा प्रस्तुतीकरण राख्दै बदलिदो परिवेशमा तीजको महत्वलाई आत्मसात गर्दै धर्म संस्कार प्रथा र परम्राका रुपमा महिला माथि हुँदै आएका विभेद विरुद्ध सशक्त आवाजको खाँचो रहेको बताउनुभयो । सामाजिक रुपान्तरण र न्यायका लागि परापूर्वकाल देखि हुँदै आएका गलत अभ्यासलाई बदलेर सुसभ्य र समनतामुलक समाजको लागि महिलाले विशेष जोड दिनुपर्ने उहाँको भनाइ थियो । महिलाको आत्मसम्मानमाथि चोट पुग्ने कुनै पनि पर्वलाई महिलाले उत्साहको रुपमा ग्रहण गर्न नसक्ने जनाउँदै तीज पर्वलाई महिलाले उत्साहको पर्वको रुपमा मनाउन यस भित्र रहेका केही गलत अभ्यास हटाउनु पर्नेमा जोड दिनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भटटराईले महिलाको विशेष पर्वको रुपमा रहेको तीजले सामाजिक आर्थिक राजनैतिक स्वतन्त्रता सहित अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले समुन्नत न्यायिक समाजमा महिला पुरुषको समान सहभागिता र सामाजिक दायित्व रहेको प्रष्ट पार्नुभएको थियो ।
संस्थाका अध्यक्ष पार्वती पाण्डेले हरेक वर्ष भौतिक उपस्थितमा विभिन्न कार्यक्रमका साथ मनाइदै आएको पर्व तीज कोरोना महामारीका कारणले जमघट र भीडभाड नगरी प्रविधिको प्रयोगबाट मनाएको बताउनुभयो ।
कार्यक्रममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, संस्थाका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा भण्डारी, सल्लाहकार देवका पहारी, नर्मला कँडेल लगायतले वर्तमान अवस्थामा तीज महत्व र पर्यटनले भोग्नु परेका विषयहरुमा आफ्नो धारणाहरु राख्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा सदस्यहरुका विभिन्न प्रतिभा प्रस्फुटन कार्यक्रम रहेको र उत्कृष्टलाई पुरस्कारको व्यवस्था गरिएको संयोजक लक्ष्मी लामिछानेले जानकारी दिनुभयो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







