पश्चिम अफ्रिका गिनीमा सेनाद्वारा सत्ता कब्जा


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

पश्चिम अफ्रिकी देश गिनीमा सेनाले सत्ता कब्जा गरेको छ।

एक टेलिभिजनमार्फत सेनाका कर्नेलले अब गिनीमा सेनाले सत्ता चलाउने घोषणा गरेका छन्।

सेनाले सत्ता हातमा लिएसँगै राष्ट्रपति अल्फा कोन्डे नेतृत्वको सरकार भंग भएको छ।

सेनाले सबै सीमा क्षेत्रमा आवागमन बन्द गरिदिएको छ। यसअघि, केही घण्टा राष्ट्रपति कार्यालय नजिक गोलाबारी भएकोे छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेस र अफ्रिकी संघले गिनीमा सत्ता कब्जाको भत्र्सना गर्दै तत्काल राष्ट्रपति कोन्डेको रिहाइको माग गरेका छन्।

पश्चिमी अफ्रिकी देश गिनी प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ। तर, अस्थिरता र अशान्तिका कारण विश्वकै गरिब देशको सूचीमा छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।