रगत अभाव पूर्ति गर्न वाईसिएल कास्कीले बुधबार रक्तदान कार्यक्रम गर्दै


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित




पोखरामा रगत भएपछि योङ कम्युनिष्ट लिग (वाईसिएल) कास्कीले पर्सी पोखरामा रक्तदान कार्यक्रम गर्ने भएको छ । पोखरामा भएको रगतको अभाव पूर्ति गर्न वाईसिएल कास्कीले पर्सी बुधबार पोखराको पृथ्वीचोकमा रक्तदान कार्यक्रम राखेको हो ।

जनयुद्धका सहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी)को २२ औं स्मृति दिवसको अवसरमा बुधबार विहान ७ः३० बजेदेखि पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको वाईसिएल कास्कीका अध्यक्ष भोजराज पौडेलले जानकारी दिए ।

रक्तदान कार्यक्रममा वाईसिएलको बाक्लो सहभागिता रहने उनले बताए । खुल्ला रक्तदान भएकाले जोकोहि पनि आएर रक्तदान गर्न सक्ने उनले स्पष्ट पारे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।