नालीमा लडेर पोखराको न्यूरोडका श्रेष्ठको मृत्यू


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित




पोखरामा नालीमा लडेर एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ र १८ को सिमाना मार्गका नालीमा लडेर पोखरा–९ न्यूरोडका ६७ वर्षिय ईश्वर श्रेष्ठको आइतबार मृत्यू भएको हो ।

लडेर बेहोस भएका श्रेष्ठलाई तत्काल उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयको बुलेटिनमा उल्लेख छ ।

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।