पोखरा । नेपाली कांग्रेस पोखरा महानगरको सभापतिमा कास्की कांग्रेसका निर्वतमान सचिव रामराज लामिछानेको उम्मेदवारी घोषणा भएको छ ।
नेपाली कांग्रेस पोखरा ९ को नव निर्वाचित कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिको पहिलो संयुक्त बैठकले नेपाली काग्रेस कास्कीका निर्वतमान सचिव तथा पोखरा महानगरपालिकाका सचेतक रामराज लामिछानेलाई १४ औँ महाधिवेशनमा नेपाली कांग्रेस पोखरामहानगरको सभापतिमा उठाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेस कास्कीका निर्वतमान सचिव तथा पोखरा महानगरपालिकाका सचेतक साथै हाल पोखरा महानगरपालिका ९ का वडाअध्यक्ष लामिछानेलाई नेपाली कांग्रेस पोखरा महानगरको सभापतिमा उठाउने सर्वसम्मत निर्णय गरिएको नेपाली कांग्रेस पोखरा ९ का नवनिर्वाचित सभापति शिवराज बास्तोलाले बताए ।
पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता लामिछाने नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छन् । लामिछाने कास्की काङ्ग्रेसका लोकप्रिय तथा सक्रिय नेता हुन । पोखरा महानगर का ३३ वटा वडामा राम्रो पहिचान बनाएका कारण लामिछानेले चुनाव सहजै जित्ने नेपाली कांग्रेस पोखरा ९ का सभापति शिवराज बास्तोलाले दाबी गरे ।
त्यसैगरी नेपाली कांग्रेस पोखरा ९ को नव निर्वाचित कार्यसमितिले नेपाली कांग्रेस क्षेत्र नं.२ को प्रदेश ख को सभापतिमा वर्तमान सभापति दिपेन्द्र मर्सानी, जिल्ला सहसचिवमा भिम गौतम, जिल्ला सदस्यमा विश्वशकंर पालिखे, गण्डकी प्रदेश प्रतिनिधिमा राजेन्द्र पहारीलाई उठाउने निर्णय गरेको छ । यस्तै महाधिवेशन प्रतिनिधिमा उमा ठकुरी, विष्णु वास्तोला, ऋषि सापकोटा, सुनयाना पालिखे र बसन्त थकालीलाई उठाउने निर्णय गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






