सर्गमले जितिन् राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगिताको उपाधि


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित



हाम्रो घरले आयोजना गरेकोे खुल्ला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगिताको बिजेता सबु सर्गम भएकी छन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हाम्रो घर’ले आयोजना गरेको प्रतियोगितमा ६३ जनाप्रतियोगीलाई पछि पार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची घर भई काठमाण्डौंमा लोक दोहोरी क्षेत्रमा क्रियाशिल छन् ।

यस्तै प्रतियोगितामा निशान्त विक द्वितिय घोषित भए । बिक दाङ घर भई काठमाण्डौंमा रहेर लोक दोहोरी क्षेत्रमा संघर्षरत छन् । अन्तिम चरणको प्रतियोगितामा सर्गम र उनको प्रतिस्पर्धात्मक भिडन्त भएको थियो ।
प्रतियोगितामा धादिङका प्रसंग थपलिया र प्यूठानकी अन्जु आचार्यले क्रमश ः तृतिय र सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट प्रतियोगि मध्यबाट पाल्पा रामपुरकी विपना खनाल उत्कृष्ट प्रतियोगि घोषित भइन् ।
पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्लव हाउस प्रयोगकर्ताहरुको समूह ‘हाम्रो घर’ले शुक्रबार र शनिबार दुई दिन लगाएर प्रतियोगिता गरेको हो ।
लोक तथा दोहोरी गीत गायक रबिन लामिछाने, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीप्रदेशकी महिला उपाध्यक्ष माया गुरुङ, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलका पूर्व कोषाध्यक्ष बिजय केसी र लोक तथा दोहोरी गीत गायक सुरेश रावलको निर्णायक मण्डलले प्रतियोगितामा बिजेता, उपविजेता घोषणा गरेको हो ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय, सान्त्वना र उत्कृष्ट पुरस्कार क्रमश २५ हजार, १५ हजार, १० हजार र ५–५ हजार रुपौयासहित प्रमाणपत्र प्राप्त गरे ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै लोक तथा दोहोरी गीत प्रतिस्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले डिजिटल प्लेटफर्म मार्फत लोक तथा दोहोरी गीतको श्रीवृद्धिमा आयोजकले गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे । उनले आगामी दिनमा आफूहरुको तर्फबाट सक्दो सहकार्यको प्रतिवद्धता व्यक्त गरे ।
यस्तै लोक तथा दोहोरी गीतप्रतिस्ठानका केन्द्रिय सचिव रमेशराज भट्टराईले प्रविधीको उच्च्तमप्रयोग गरि कोभिड–१९ को विषम परिस्थितीमा लुकेर रहेका प्रतिभा प्रस्फुटन हुने अवसर मिलेको बताए ।
कार्यक्रममा ग्लोवल कन्सल्ट दीपक क्षेत्री, रितन खड्का, एनआरएनए यूथ डेप्यूटी–कोर्डिनेटर अष्ट्रेलियाका राजेश टण्डन, डि–क्याफे सिड्नीका प्रवन्धक बिन्दु पौडेल, लाली गुराँस रेमिटेन्स अष्ट्रेलियका गोकुल भण्डारी, सोखिन न्यौपाने, अस्मिता अर्याल, भिष्म वलीलगायतले बोलेकाथिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।