प्रतिकात्मक तस्बीर
कक्षा १२ मा अध्ययनरत पोखराका विद्यार्थीलाई आज (मंगलबार) कोरोनाविरुद्धको खोप लगाइँदै छ।
पोखरा महानगरभित्रका विद्यालयहरुमा अध्ययनरत् कक्षा १२ मा करिब ८ हजार विद्यार्थीहरुलाई आज (मंगलबार), भोली (बुधबार) र आगामी आइतबार (भदौ २७ गते) गरी ३ दिन खोप लगाउने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।

महाशाखाले एक सूचना जारी गर्दै मिति र खोप केन्द्र तोकेको हो। महाशाखाले आजका लागि ९ र भोलीका लागि २३ खोपकेन्द्र तोकेको छ।
खोप लगाउनका लागि विद्यार्थीको उमेर भने १८ वर्ष पूरा भएको हुनुपर्नेछ। विद्यार्थीलाई कोभिशिल्ड र भेरोसेल खोप लगाइने भएको महाशाखा प्रमुख हेमन्त आचार्यले जानकारी दिए।
२०६० भदौ २१ गतेभन्दा अगाडी जन्मिएका विद्यार्थीले मात्र खोप लगाउन पाउने स्वास्थ्य महाशाखाले जनाएको छ।
सूचनामा कक्षा ११ पनि लेखिएको हुँदा उक्त जारी गरिएको सूचना गलत भएको, अहिले परिक्षालाई मध्यनजर गर्दै १८ वर्ष पूरा भएका कक्षा १२ का विद्यार्थीलाई मात्र लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







