गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोइसाटीलाई १÷१ वटा भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।
नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट प्राप्तमध्ये २ वटा भेन्टिलेटर मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्रीले हस्तान्तरण गरेका हुन् । अस्पतालका प्रशासक प्रदीप पौडेल र डा.डोलेन्द्र आचार्य, सोसाइटीका सदस्य डा. सरोज पोखरेलले भेन्टिलेटर ग्रहण गरे ।
मुख्यमन्त्री पोखरेलले चीनको प्रान्तीय सरकार र समन्वयकर्ता नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेलाई धन्यवाद दिए । २ देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन जनस्तरबाट भइरहने क्रियाकलापले सघाउ पु¥याउँदै आएको उनको भनाइ थियो । अध्यक्ष पालिखले पोखरासँग भगिनी सम्बन्ध गाँसेका चीनका विभिन्न प्रान्तले कोभिड र त्यसभन्दा पहिला पनि बारम्बार सहयोग गर्दै आएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







