गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पहिरोमा पुरियर आमा, बाबु र भाई समेत गुमाएका राजकुमार श्रेष्ठको अवस्थाबारे चासो व्यक्त गरेका छन् । यही भदौं १७ गतेको पहिरोले पुरिएर परिवार नै गुमाएर टुहुरो भएका श्रेष्ठलाई उपचार भइरहेको मणिपाल शिक्षण अस्स्पतालमै पुगेर मन्त्री बरालले उनको स्वास्थ्य अवस्था र स्याहारसुसारबारे चासो र चिन्ता व्यक्त गरेका हुन् । बालका हालसम्म उनका आफन्तहरु नआएकोले उनको उपचारमा सहयोग गर्ने स्थानिय सुनिल आचार्य र महेन्द्र खत्रीलाई मन्त्रीले धन्यवाद दिदै उनको उपचारमा अस्पताल प्रसासनले समेत सहयोग गर्नुपर्ने बताए ।
प्रहरी हवल्दार खगेन्द्र पन्तले बाढी पहिरोमा परी घर वार विहिन भएका अति दुःखि र गरिबहरुको लागि अस्पतालमा उपचार गर्न कठिन हुन गरेको गुनासो गरे । अस्पतालहरुले १० प्रतिशत जसो सामाजिक उत्तरदाहित्व वहन गर्नुपर्ने प्रबधान हुदा यसको समयमै मुल्याङकन नहुदा निजी अस्पतालहरु यस प्रति खासै चासो नदिने गरेको स्थानियको गुनासो रहेको छ । कक्षा दुईमा अध्ययनरत राजकुमार श्रेष्ठको हाल टाउको र हात खुट्टामा सामान्य चोट लागेको छ भने अबको केही दिनमा उनको डिस्चार्ज हुने भएको स्थानिय सुनिलले बताए ।
पोखरा २० भलाम स्थित ¥यालेचौरमा पहिरोले पुरिदा उनका बाबु बुधबार दिउँसो देखि परेको अविरल बर्षादको कारण पोखरामा एकै परिवारका श्रीमान श्रीमती, आमा छोरा सहित ५ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० भलाम स्थित ¥यालेचौरमा उनका बाबु ४५ बर्षीय कृष्ण श्रेष्ठ, आमा ३७ बर्षींया सुनमाया तामाङ र भाई ३ बर्षका सन्तोस कुमार श्रेष्ठ पहिरोमा परी मृत्यु भएको हो ।
पहिरोमा परी सवै परिवार गुमायर बाच्न सफल भएका ९ बर्षका बालकको व्यबस्थापनको लागि पहल भई रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेशका केही जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान…





