मेक्सिकोमा ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गयो


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७८ मा प्रकाशित



प्रतिकात्मक तस्बीर

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ।

स्थानीय समयअनुसार मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प गएको हो।

अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको थियो। मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू आत्तिदै सडकमा निस्किएका थिए।

समाचार संस्था रोयटर्सका अनुसार मेक्सिकोमा केही दिन यता पानी पनि परिरहेको छ। मानिसहरू छाता ओढेर सडकमा उभिएका थिए।

भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। मेक्सिको सिटीसँग जोडिएको रोमा सरमा बिजुली अवरूद्ध भएको छ।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।