वाईसिएल कास्कीले गरेको रक्तदानमा १०१ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७८ मा प्रकाशित




योङ कम्युनिष्ट लिग (वाईसिएल) कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ युनिट रगत संकलन भएको छ । कोरोना महामारीका कारण पोखरामा रगतको अभाव भएपछि वाईसिएल कास्कीले जनयुद्धका सहीदहरु सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी)को २२ औं स्मृति दिवसको अवसरमा गरेको खुल्ला रक्तदान कार्यक्रममा सो युनिट रगत संकलन भएको हो ।

रक्तदान कार्यक्रमको नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश ईञ्चार्ज हितराज पाण्डे (उत्तम)ले पहिलो रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ, गण्डकी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य रामजीप्रसाद बराल, गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, प्रदेश कार्यालय सदस्य आशमान रोका, गायत्री गुरुङ, माओवादी कास्कीका संयोजक बखानसिंह गुरुङ, नेतृ तेजकुमारी पौडेल, नेता कृष्ण गिरीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम वाईसिएल कास्कीका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।