१ सय ३० जनाको ज्यान जानेगरी भएको पेरिस आक्रमणको मुद्दामाथि सुनुवाइ सुरु


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०७८ मा प्रकाशित



तस्बीरः एपी

फ्रान्सको पेरिसमा ६ वर्ष अघि १ सय ३० जनाको ज्यान जानेगरी भएको आक्रमणको मुद्दामाथि सुनुवाइ सुरु भएको छ।

आगामी ९ महिनासम्म चल्ने १ सय ४० दिने सुनुवाइमा ३ सय ३० जना वकिल र घटनामा बाँच्न सफल १ हजार ८ सय व्यक्ति तथा पीडितका आफन्त सहभागी हुने जनाइएको छ ।

घटनाको बेलाका फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ ओलान्दसहित झण्डै ३ सयजना प्रत्यक्षदर्शीको बयान पनि लिइने समाचारहरुमा उल्लेख छ। सुनुवाइ सुरू हुनुअघि फ्रान्सका पूर्वराष्ट्रपति ओलान्दले आक्रमणका पीडितहरूका लागि यो महत्वपूर्ण क्षण भएको बताएको फ्रान्सेली संचारमाध्ययमले जनाएका छन्। सन् २०१५ को नोभेम्बरमा इस्लामिक स्टेट (आईएस)ले बाटाक्लाँ कन्सर्ट हल, एउटा रंगशाला, रेष्टुराँ तथा बारहरूमा आक्रमण गर्दा १ सय ३० जनाको ज्यान गएको थियो।

आइएसले गराएको त्यो हमलालाई फ्रान्समा द्वितीय विश्वयुद्धयताकै सबैभन्दा नराम्रो घटना भएको बताइन्छ। मुद्दाको सुनुवाइलाई आधुनिक फ्रान्सेली इतिहासकै सबैभन्दा ठूलो भनिएको छ। घटनामा बाँचेका एक मात्र आक्रमणकारी सलाह अब्देलसलाम अरु १३ जना प्रतिवादीसहित मुद्दाको सुनुवाइका लागि बनाइएको विशेष अदालत कक्षमा उपस्थित भएका छन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।