प्रतिकात्मक तस्बीर
नेपालमा फैलिएको कोरोना संक्रमणमा डेल्टा भेरियन्ट देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ गतेसम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिएका छन्।
उनले विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आइजीआइबी) मा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको बताए।
उनले संक्रामक भेरियन्ट भएकोले सतर्कता अपनाउन आग्रह गरे। यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने अध्ययनले पुष्टि गरेको बताए। उनले नेपालमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट भेटिएको उल्लेख गरे।
आजको गोरखापत्र दैनिकमा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







