नेपाली महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको छ।
दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो।
पहिलो हाफमा नेपालबाट सविता राना र प्रीति राईले १÷१ गोल गरे। दुबै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो डेब्यु खेलमै गोल गरेका हुन्।
सबिताले १४ औं मिनेटमै विमला चौधरीको क्रसलाई सदुपयोग गर्दै हेड गोल गरिन्। त्यसैगरी, २२ औं मिनेटमा प्रीतिले नेपालको अग्रता दोब्बर पारिन्। खेलको ८३ औं मिनेटमा बंगलादेशबाट तोहुरा खातुनले १ गोल फर्काइन्। प्रीतिले खेलको मोस्ट भ्याल्युएबल प्लेयर बन्दै २५ हजार पुरस्कार समेत हात पारिन्।
नेपालले एएफसी महिला एशियन कप – २०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो। दुबै टोलीबीच आइतबार पुनः दोस्रो मैत्रीपूर्ण खेल हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







