डा.अधिकारी गण्डकी विश्वविद्यालयको डिनमा नियुक्त


     एभरेस्ट आवाज    
     भाद्र २५ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी विश्वद्यिालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन ।


विश्वविद्यालय द्वारा डिन नियुक्तीका लागि उपकुलपति प्रा.डा.नवराज देवकोटा संयोजकत्वमा गठित समितीले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो । डा. अधिकारीले नियुक्ती संगै शुक्रबार पदबहाली समेत गरेको उपकुलपति देवकोटाले जनाएका छन । डिन नियुक्त भएका डा.अधिकारीले अमेरिका बाट भौतिक शास्त्र विषयमा विद्यावारिदी हासिल गरेका छन ।

गण्डकी विश्वविद्यालयको स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयको कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारी हुँदै साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि संकाय)को डिन पदमा राष्ट्रिय प्रतिष्पर्धा बाट डा अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले बताए । “डा.अधिकारीको वैदेशिक अध्ययनको अनुभवले गण्डकी विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिएको छु”, कुलपति देवकोटाले भने ।

गण्डकी विश्वविद्यालयले तिन वटा विषयमा अध्ययन अध्यापन शुरु गर्ने जानकारी दिंदै उपकुलपति देवकोटाले आश्विन १७ गते बाट अध्ययन अध्यापन शुरु गर्ने बताए ।

विश्वविद्यालयले नेपालमा नै पहिलो पटक शुरु गरेको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको अध्ययन अध्यापन लेखनाथ भण्डारढिक स्थित नेपाल आदर्श मावीमा शुरु गर्ने भएको छ बिफर्मा विषयको पोखरा ३२ स्थित ज्ञानकुञ्ज मावी र सूचना प्रविधि विषय महेन्द्रपुलबाट शुरु गर्ने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।