पोखरा । नेपाली कांग्रेस पोखरा महानगरको सभापतिको उम्मेदवार ज्योती हमालले जिरोमा भेला भई जिरो हुँदै सभागृहचोक हुँदैं बिपी चोकमा गई बिपीको सालिकलाई माल्यारोपण गरी आर्शिबाद लिई आफ्नो मनोनयन दर्ता गराएकी छन् ।
हमालले कांग्रेसले बिपीले नेपालीहरुको सपना साकार बनाउन स्थापना गरेको कांग्रेसमा अहिले उनको नितीलाई छोड्दै गएका कारण कांग्रेस अहिले कमजोर बन्दै गएको र युवा महिलालाई समेट्न नसकेको कारणले उम्मेदवारी दिएको बताइन् ।
समाजबाद, प्रजातन्त्र र राष्ट्रियताको उदेश्य पूरा गर्न अब सबै महामानब बिपी कोईराला गुटमा आउनुपर्ने हमालको जोड छ । २२औ शताब्दीमा बिपीको कांगे्रस बनाउने सपनालाई मूर्तरुप दिन आफ्ना एजेन्डाका मतदाता संग राखेकोले आफनो एजेन्डाका लागि मतदान गर्न पार्टीका नेताकार्यकर्ताहरुलाई उनले आग्रह गरिन् ।
नेपाली कांग्रेसका नेता ज्योती हमालले आसन्न १४औं महाधिवेशनमा पोखरा महानगरको सभापतिको उम्मेदवार दिनुको कारण “जहाँ अत्याचार हुन्छ ! त्यहाँ विद्रोह हुन्छ !” भन्दै महिलालाई अन्य पार्टिले मेयर, मन्त्रि, राष्ट्रपति बनाईसकेको तर कांग्रेसले स्थान नदिएकोे कारणले पनि राजनितीमा अझ सक्रिय भएर लागेको बताइन् ।
हमालले आफ्नो उम्मेदवारी गुटउपगुटलाई चिर्नका लागि भएको बताउँदै पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनता र महिलाका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीतिलाई प्रवद्र्धन गर्ने हेतुले महाधिवेशनमा होमिन लागेको भनाई उनको छ ।
पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेकी ज्योती हमाल स्कुलले जिवनदेखि राजनीतिमा निरन्तर सक्रिय छन् ।
नेपाल सांस्कृतिक संघको सस्थांपक केन्द्रिय सदस्य , नेपाल लोकतान्त्रिक ललितकला संघको केन्द्रिय सदस्य , नेपाली कांग्रेस कास्की काठमाण्डौं सम्पर्क समितिको सदस्य ,फाईन आर्टस यातायात प्रा. लीको अध्यक्ष , नगेन न्युज पब्लिकेशन प्रा .लीको अध्यक्ष , कला क्रान्ति मासिक पत्रिकाको प्रधान सम्पादक , रेडियो जननी ९०.६को सम्वादाता र समाचार वाचिका , पत्रकारिता जगतमा करिब १५ वर्ष काम गर्नु भएको हमाल नेपाल प्रेस युनियन काठमाण्डौंको कार्यकारी सदस्य, नेपाल प्रेस युनियन कास्कीको सहसचिव र क्रियाशिल महिला पत्रकार कास्कीको उपाध्यक्ष हुनुहुन्छ ।
आर आर क्याम्पस ईकाई सदस्य काठमाण्डौं, मेचि महाकाली बुहारी सयुक्त आवाज कास्कीको सचिव, हाईकर्स क्लब नेपालको सचिव, ठकुरी युवा परिवार कास्कीको उपाध्यक्ष, दर्शन बचत तथा ऋण सहकारीको सह सचिव लगाएत विभिन्न सामाजिक सघंसस्थामा सम्लग्न छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






