पोखरा उद्योग वाणिज्य संघले कार्यसमितिमा थप एकजना सदस्य मनोनीत गरेको छ ।
संघ अध्यक्ष शोभा गौतमले गुड मर्निङ ट्रेड सेन्टरका सञ्चालक नन्दकुमारी सुवेदी ढुंगानालाई सदस्यमा मनोनीत गरेकी छन् । अध्यक्ष गौतमले संघको विधान २०६५ पहिलो संशोधन बमोजिमको अधिकार प्रयोग गर्दै ढुंगानालाई कार्यसमितिमा मनोनीत गरेकी हुन् । संघको सदस्य मनोनीत ढुंगानाले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनले संघले गरेको विश्वासप्रति आभार व्यक्त गरेकी छन् । ढुंगानाले प्राप्त जिम्मेवारीलाई सम्पुर्ण उद्योगी, व्यवसायीको हितमा लगाउने प्रतिबद्धता व्यक्त गरिन् ।
संघले यसअघि, व्यवसायी डिल्लीराज सुवेदी र तुलबहादुर थापा कार्यसमिति सदस्यमा मनोनीत गरिसकेको छ । विधानमा अध्यक्षलाई कार्यसमितिको सहमतिमा ४ जना सदस्य मनोनीत गर्ने अधिकार दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा बहुमुखी क्याम्पसले निःशुल्क आँखा परीक्षण शिविर तथा आँखा स्वास्थ्य सचेतना कार्यक्रम…







