आगलागीबाट ध्वस्त भएको अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमको पोखरा महानगरपालिकाको टोलीले अवलोकन गरेको छ ।
बुधबार अपरान्ह विद्युत सर्ट भएर आगलागी हुँदा पोखरा १६ घार्मीखोलास्थित कुरमा रहेको आश्रमका दुई भवन पुर्ण रुपमा ध्वस्त, भएका थिए । आगलागीबाट भएको क्षतिको अवस्था बुझ्न बिहिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आश्रमको स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन्।अनुगमनका क्रममा प्रमुख आचार्यले आगलागीबाट आश्रममा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै महानगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले आगलागीबाट ठुलो क्षति पुगेको बताउँदै, बालबालिकाको सुरक्षित भविष्यका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
अनुगमनमा प्रमुख आचार्यसहित प्रशासकिय अधिकृत राजन पौडेल, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वडा सदस्य मञ्जु नेपाली, विकास आचार्य, रामचन्द्र आचार्यलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।टोलीलाई संस्थाका अध्यक्ष मोनिका थापा र निर्देशक शारदा बस्नेतले घटनाको जानकारी गराएका थिए । आगलागीका कारण ३७ जना बालबालिकाको आश्रयस्थलमा ठूलो क्षति पुगेपछि उनीहरू समस्यामा परेका छन् । उनीहरुको सुरक्षित आवास तथा आवश्यक व्यवस्थापनका लागि सहयोग गर्न आश्रमले आग्रह गरेको छ ।
विपद्को घडीमा आश्रमलाई पुनः व्यवस्थित बनाउन स्थानीय सरकार, विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा सहयोगी मनहरूबाट आवश्यक सहयोग र साथको अपेक्षा गरिएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिईन् । आश्रमले महिला उद्यमशीलतालाई पनि अगाडी बढाएको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा बहुमुखी क्याम्पसले निःशुल्क आँखा परीक्षण शिविर तथा आँखा स्वास्थ्य सचेतना कार्यक्रम…







