लामो समयदेखि गैरआवसिय नेपाली संघ एनआरएनएमा सक्रिय रहेका थर्क सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै आफ्ना योजना र एजेण्डाबारे पनि गैर आवसीय नेपालीलाई बुझाइरहेका छन् ।
पूर्व बेलायत सैनिक थर्क सेनले स्पष्ट योजना, अग्रजको अनुभव, युवाको ऊर्जा, प्रविधिको प्रयोग र कुशल नेतृत्वको अध्यासले धेरै क्षेत्रमा फड्को मार्न सकिने बताउँछन् । ‘मेरो योजना, ज्ञान, अनुभव, ऊर्जा संस्थागत हितमा लगाउन चाहान्छु,’ सेनले भने ।
उच्चतम प्रविधिको प्रयोगले नेपालका धेरै क्षेत्रमा योगदान गर्न आफूले चाहेको सेनले बताए । ‘सडक सुरक्षाका क्षेत्रमा अझै धेरै संस्थागत हिसाबले योगदान गर्न सकियोस् । म चाहान्छु, युवा शक्तिलाई धेरैभन्दा धेरै सिर्जनशील काममा सहकार्य गर्न सकियोस्,’ सेनले भने, ‘एनआरएनएलाई व्यक्तिगत स्वार्थरहित, राजनीतिमुक्त, सुशासनयुक्त र सबैको साझा थलो बनाउन म लागि रहने छु ।’
एनआरएनए युकेको संस्थापक कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, आइसीसी सदस्य हुँदै हाल एनआरएनए रोड सेप्टी कमिटीको संयोजक र एनआरएनए एकेडेमीको सदस्यसमेत रहेका सेनले संस्थामा देखिइरहेका सबैखाले वेथिति अनत्य गर्नका लागि साझा एजेण्डा बोक्ने बताएका छन् । सबै गैरआवसीय नेपालीको आवाजलाई समेट्दै काम गरेर देखाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको सेनको भनाइ छ ।
‘आसन, भाषण, चन्दा र अनेक घोषणा गर्ने तर व्यक्तिगत स्वार्थ र राजनीति गर्दा धेरै विवादहरु निम्तिएका थुप्रै उदाहरण छन्,’ सेनले भने, ‘ती सबै इतिहासबाट पाठ सिक्दै असल अभ्यास गर्ने प्रयत्न मैले गर्नेछु । म एक्लैले सिंगो संस्था उठाउन सक्छु भन्ने होइन तर सबैको साथ सहयोग र साझा एजेण्डाका लागि सकारात्मक सुरुवात अवश्य गर्ने छु ।’ कामबाटै पदलाई न्याय गर्न हरदम लाग्ने सेनको भनाइ थियो ।
‘मेरा लागि एनआरएनए रहर होइन सबल संस्था बनाउने जिम्मेवारी हो,’ सेनले भने, ‘साझा समस्याको हल र हक स्थापित गर्न एकतामा म विश्वास गर्छु । स्वच्छ, समृद्ध र मर्यादित एनआरएनए आजको आवश्यकता हो ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत…







