कतारमा अलपत्र ४ श्रमिकको उद्धार


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०७८ मा प्रकाशित



कतारमा अलपत्र परेका ४ श्रमिकलाई उद्धार गरिएको छ।

हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाइ कतारमा अलपत्र परेका ४ श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली संघ, कतारको पहलमा उद्धार गरिएको हो।

कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहेका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई संघले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो।

शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार बिहान ९ बजे काठमाडौँ आइपुगेका हुन्। लामा र पौडेल भने यही भदौ १ गते नेपाल फर्किएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।