तस्बीरः एजेन्सी
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले लाइपजिगमाथि ४–१ को सहज जित निकालेको छ।
शनिबार राति लाइपजिगको घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा रोबर्ट लेवान्डोस्की, जमल मुसिआला, लोरी साने र एरिक म्याक्सिमले १/१ गोल गरे। कोर्नार्ड लिमेरले लाइपजिगका लागि एक मात्र गोल गरे।
लेवान्डोस्कीले १२ औं मिनेटमा पेनाल्टीबाट सुरवाती गोल गर्दै टिमलाई अग्रता दिलाएको खेलको ४७ औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै टिमको अग्रतालाई २–० को बनाए। खेलको ५४ औं मिनेटमा लोरी सानेको गोलबाट ३–० को अग्रता लिएको खेलमा ५८ औं मिनेटमा लाइपजिगले १ गोल फर्कायो। लाइपजिगका लागि कोर्नार्ड लिमेरले गोल गर्दै टोलीलाई ३–१ को स्थितिमा ल्याए।
जितसँगै बायर्नले ४ खेलबाट १० अंक जोडेको छ। बायर्न दोस्रो स्थानमा छ। लाइपजिग ३ अंक जोडेर १३ औं स्थानमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







