तस्बीरः एजेन्सी
हालाण्ड चम्कदा जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले रोमान्चक जित निकालेको छ।
डर्टमण्डले बायर लिभरकुसेनलाई ४–३ गोल अन्तरले पराजित गरेको हो।
शनिबार राति लिभरकुसेनको मैदानमा भएको खेलमा अर्लिङ हालाण्ड चम्किएपछि डर्टमण्डले जित निकालेको हो।
हालाण्डले २ गोल गरे। यस्तै, जुलियन ब्रान्ट र राफायल गुइरिएरोले १/१ गोल गरे।
लिभरकुसेनका प्याट्रिक सिक, फ्लोरिन विर्ट्ज र मोउसा डियाबेले १/१ गोल गरे। यस जितसँगै डर्टमण्डले ४ खेलबाट ९ अंक जोडेको छ।डर्टमण्ड तेस्रो स्थानमा रहेको छ। लिभरकुसेन ७ अंक जोडेर छैटौं स्थानमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







