पीएसजीको लगातार पाँचौ जित


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार पाँचौं जित निकालेको छ।

शनिबार क्लेरमोन्ट फुटलाई ४–० गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो।

पीएसजीलाई जित दिलाउन एन्डर हरेराले २ गोल गरे। केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले १/१ गोल गरे।

खेलको २० औं मिनेटमा हरेराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ३१ औं मिनेटमा हरेराले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–० को अग्रता बनाए। खेलको ५५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टिमको अग्रता ३–० को बनाए।

त्यसपछि खेलको ६५ औं मिनेटमा इद्रिस्साले गोल गर्दै पीएसजीलाई ४–० को जित सहज जित दिलाए। जितसँगै पीएसजीले ५ खेलबाट १५ अंक जोडेको छ। पीएसजी तालिकाको शीर्ष स्थानमा छ। एता, फुटले ५ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा छ।

पीएसजीका लागि यस खेलमा लियोनेल मेसी र नेइमार खेलेका थिएनन्। मेसी र नेइमार राष्ट्रिय टिमको खेलका लागि गएर नफर्किएकाले उनीहरुलाई पीएसजीले यस खेलमा समावेश गरेको थिएन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।